पहिरोले पुरिएर एकको मृत्यु, ५ घरमा क्षति

अरुणखोलाले घरगोठ र पसल बगायो



धादिङ ।

मंगलबार राति परेको लगातारको वर्षका कारण निलकण्ठ नगरपालिका वडा नम्बर ४ रानागाउँ बेसीघरमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले घर पुरिएर निलकण्ठ नगरपालिका वडा नम्बर ४ बेसीघरकी ३० वर्षीया शर्मला थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

सिद्धलेक गाउँ पालिकामा शिक्षक समेत रहेका थापामगर विद्यालय विदा भएका कारण घरमा आएर बसेको राती पहिरोले पुरिएको पारिवारले जनाएको छ । राती परेको अविरल वर्षाका पहिरोका कारण ५ घरमा क्षति पुगेको छ । सुरेश राना, दिपेन्द्र रानाको घर पुर्ण रुपमा भत्केको छ भने राजकुमार राना, साइला राना र नारायण श्रेष्ठको घरका क्षति पुगेको ढकालले बताए ।

अरुण खोलामा बाढी आउँदा केही घर गोठ र पसल बगाएको छ । टंकेश्वर हार्डवयरमा बढीले क्षति पुर्याएको छ । जस्तापाता र रड वगाएको छ । सिरान बजारमा रहेको फर्निचर समेत बगाएको छ । क्षतिको विवरण संकलन भईरहेको विपद व्यवस्थापन समितिले जनाएको छ । अविरल वर्षाका कारण बन्द भएको धादिङबेसी मलेखु सडक डोजरले पहिरो हटाएपछि संचालनमा आएको छ ।

धादिङबेसी तिप्लिङ सडक, धादिङबेसी खाल्टे फोस्टार सडक, धादिबेसी सुनौलाबजार सडक पहिरोका कारण अवरुद्ध भएको छ । वर्षका कारण धादिङबेसीबाट सल्यानटारतर्फ लगिएको ३३ केभी प्रसारण लाईनमा क्षति पुगेकोले धादिङको ज्वालामुखी, गंगाजमुना, त्रिपुरासुन्दरी, र गोरखाको केही भागमा समेत विद्युतसेवा अवरुद्ध भएको र मर्मत गर्न ३र४ दिन लाग्ने नेपाल विद्युत प्राधिकरण धादिङले सुचना प्रकाशन गरेर जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्