तेक्वान्दोलाई उपमहानगरबाट म्याट



हेटौंडा ।

नगरमा तेक्वान्दो खेलको वृद्धिविकासका लागि हेटौंडा उपमहानगरपालिकाले खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
तेक्वान्दो खेलमा आवद्ध खेलाडीलाई प्रशिक्षणमा सहजताका लागि उपमहानगरपालिकाले ६४ थान म्याट हस्तान्तरण गरेको हो ।

करिब १ लाख ५० हजार रुपियाँ बराबरको म्याट उपमहानगर प्रमुख मीनाकुमारी लामाले तेक्वान्दो संघ मकवानपुर अध्यक्ष लालकाजीरत्न बज्राचार्यलाई हस्तान्तरण गरेकी हुन् ।खेल सामग्री हस्तान्तरण गर्दै उपमहानगर प्रमुख लामाले खेलकुदले मानिसलाई निडर बनाउन सहयोग गर्ने बताइन् । उनले आफ्नो पृष्ठभूमि खेलबाट अघि बढेको बताउँदै खेललाई आत्मसात् गर्दै अघि बढे सफलता हात पर्ने बताइन् ।

उनले खेल प्रशिक्षणका क्रममा खेलाडी कुलततर्फ जाने सम्भावना अधिक रहने भएकाले प्रशिक्षक तथा खेल पदाधिकारीले ध्यान दिनु आवश्यक रहेको जिकिर गरिन् ।

उनले तेक्वान्दोका महिला खेलाडीलाई असल बन्न उत्प्रेरणा दिँदै उपमहानगरपालिकाले समग्र छोरीहरूको विकासका लागि ‘मेयरसँग छोरी’ कार्यक्रम चालु आर्थिक वर्षमा अघि बढाएको बताइन् । नगर प्रमुख लामाले खेल र खेलाडीको विकासका लागि उपमहानगरपालिकाले सहयोग गर्दै नगरको खेलकुदमा लाग्नेका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाइन् ।

प्रतिक्रिया दिनुहोस्