मुवाथाईको ग्रेडिङ



काठमाडौं ।

मुवाथाई खेलको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुवाथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए । २० पुरुष र २ महिला खेलाडी सहभागी थिए ।

सहभागीले स्पाइरिङ, बेसिक, फिजिकल, दौड, टेक्निक, प्याडिङ र लिखित परीक्षा दिएका थिए । रेड-ह्वाइटमा १, रेडमा ३, ब्राउन ह्वाइटमा १, ब्राउनमा ३, ब्लुमा ६, ग्रिन र एल्लो ह्वाइटमा २–२ तथा एल्लो ह्वाइटमा ४ जना सहभागी थिए ।

ग्रेडिङ आयोजक संघका अध्यक्षसमेत रहेका मुख्य प्रशिक्षक गणेशलाल कक्षपतिले सञ्चालन गरेका थिए । नतिजा दुई हप्तापछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ । एकदिने ग्रेडिङ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको मुवाथाईको आफ्नै हलमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्