मोडर्न इन्डियन टोली डेनमार्कमा खेल्दै



काठमाडाैं । 

डेनमार्कको हजोरिङमा हुने दाना कप २०२२ युवा फुटबल प्रतियोगितको यू १६ मा मोर्डन इन्डियन स्कुलले भाग लिने भएको छ ।

साउन ९ देखि १५ गतेसम्म आयोजना हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । प्रतियोगितामा विभिन्न देशका ९३ टोलीको सहभागिता रहनेछन् ।

विद्यालयका १८ खेलाडी रहेको टोलीका प्रशिक्षक प्रशान्त महर्जन रहेका छन् । यही साउन ८ गते टोली डेनमार्क जाने र साउन १६ गते स्वदेश फर्कनेछ । सो विद्यालयको टोलीले यसअघि अमेरिका र चीनमा भएका प्रतियोगितामा भाग लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्