अखबार बिक्री गर्न आयोजित टूर डी फ्रान्स



काठमाडौं । टूर डी फ्रान्स १ सय १९ वर्ष पुरानो साइक्लिङ रेस हो । सन् १९०३ मा अखबार एलइक्वीपको विक्री बढाउन यो रेस शुरु गरेको थियो ।

२० औं शताब्दीमा फ्रान्समा पुरुषको यो साइकल रेस लोकप्रिय बनेको थियो । तर, यो रेस अहिले पनि लोकप्रिय छ र यसलाई प्रतिष्ठित रेसको रुपमा लिइने गरिन्छ । यो रेस करिब ३,३४९.८ किमीको हुन्छ र यसमा २१ चरणसम्मको साइकल रेस हुन्छ ।

यसलाई २० औं शताब्दीदेखि टूर डी फ्रान्सको रुपमा विकसित गरियो । रेसमा हरेक चरणका अलग–अलग विजेता घोषित गरिन्छ । यसले पनि यो रेसलाई अरु भन्दा पृथक रेस बनाइएको छ । हरेक चरणका विजेताको समय जोडिन्छ । जसले रेस पुरा गर्न कम समय लिन्छन्, उनी नै टूर डी फ्रान्स साइकल रेसका विजेता बन्छन् ।

यो यूनियन साइक्लिस्ट इन्टरनेसनल (यूसीआई) वल्र्ड टूर इभेन्ट हो । यसमा यूसीआई वल्र्ड टोलीहरुले भाग लिने गरिएको छ । यो रेस हरेक वर्ष जुलाईमा आयोजना हुन्छ । तर, हरेक वर्ष यसको रुट चाहि परिवर्तन गरिएको हुन्छ । यानी युरोपका अलग अलग देशमा रेस हुन्छ । यो रेस जहाँ सुकै शहरबाट शुरु भएपनि फ्रान्सका राजधानी पेरिसमा आएर समाप्त गरिन्छ ।

यसपटक जारी टूर डी फ्रान्सअन्तर्गत १३ औं चरणमा सबैभन्दा कम २७.२ किमी दुरी रहेको छ । सबैभन्दा लामो दुरी सातौं स्थानमा रह्यो । सातौं चरणमा २ सय ३० किमी रहेको छ । हाल चलिरहेको रेसमा १६ औं चरण समाप्त भइसकेको छ । अहिलेसम्म डेनमार्कका जोनास भिनेगार्ड समग्रमा शीर्ष स्थानमा रहेका छन् ।

यो रेसको पुरस्कार रकम ३० करोड रुपियाँको रहेको छ । विजेतालाई ६ करोड ८ लाख पुरस्कार रकम दिइन्छ । साथै विजेतालाई पहेँलो जर्सी पनि दिइन्छ । अहिले चलिरहेको संस्करणको विजेता घोषित २४ जुलाईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्