बाबरले विराटलाई पछि पारे



लन्डन  ।

पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय खेलाडीको अर्को एक कीर्तिमान ओझेलमा पारेका छन् । आजमले १० हजार रन छिटो पूरा गर्दै भारतीय पूर्वकप्तान विराट कोहलीको कीर्तिमान तोडेका हुन् । तीनै फरम्याटमा गरी बाबरले २ सय २८ इनिङबाट १० हजार रन पूरा गरे ।

जबकी विराटले २ सय ३२ इनिङमा १० हजार रन पूरा गरेका थिए । त्यस्तै, पूर्वक्रिकेटर सुनील गावस्करले २ सय ४३ इनिङमा यो उपलब्धि हासिल गरेका थिए ।यदि, विश्वभरिका क्रिकेटरको कुरा गर्ने हो भने यो उपलब्धिमा वेस्ट इन्डिजका महान ब्याटर भिभियन रिचर्डस्को नाम सबैभन्दा माथि आउँछ । उनले २ सय ६ इनिङमा १० हजार रन पूरा गरेका थिए । उनको समयमा टी–२० फरम्याट थिएन ।

यस्तै, दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर हासिम अमलाले २ सय १७ इनिङमा, वेस्ट इन्डिजका दिग्गज ब्याटर ब्रायन लारा र हाल जमिरहेका इंग्ल्सि ब्याटर जोए रुटले २ सइ २२ इनिङमा १० हजार रन पूरा गर्न सफल भएका थिए । बाबर अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पुरा गर्ने ११ औं पाकिस्तानी ब्याटर हुन् ।

तर, उनी यस्तो गर्नेमा पाकिस्तानका सबैभन्दा छिटो ब्याटर समेत बनेका छन् । बाबरअघि पूर्व क्रिकेटरहरु जाभेद मियाँदादले २ सय ४८ इनिङ तथा सईद अनवरले २ सय ५५ इनिङमा १० हजार रन पुरा गरेका थिए । उनीहरुको तुलनामा बाबरले निकै छिटो १० हजार रन पुरा गरे ।

प्रतिक्रिया दिनुहोस्