टी–२० विश्वकप खेल्ने टोलीको टुंगो



PROVIDENCE, GUYANA NOVEMBER 9: ICC Women’s World T20 trophy during match 1 of the ICC Women’s World T20 match between New Zealand v India on November 9, 2018 at the National Stadium in Providence, Guyana. (Photo by Ashley Allen – IDI/Getty Images)

काठमाडौं । 

यस वर्ष अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको सबै १६ टोलीको टुंगो लागेको छ । नेदरल्यान्डस् र जिम्बाब्वे छनोट भएपछि सबै टोलीको टुंगो लागेको हो । शीर्ष आठ टोलीले सुपर १२ मा सीधै खेल्नेछन् भने ८ टोलीले पहिलो चरण खेलेपछि सुपर १२ मा ४ टोलीले स्थान बनाउनेछन् ।

जिम्बाब्वेमा खेलिएको क्वालिफायर बी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जिम्बाब्वेले पपुआ न्युगिनीलाई हरायो । अर्को सेमिफाइनल खेलमा नेदरल्यान्डस्ले अमेरिकालाई पराजित गरेको थियो । यी दुवै टोलीले क्वालिफायर बी को फाइनलमा खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले टी–२० विश्वकप खेल्ने भएको हुँदा अमेरिका र पपुआ न्युगिनीको विश्वकप खेल्ने सपना चकनाचुर भयो ।

यसअघि, क्वालिफायर ए बाट आयरल्यान्ड र संयुक्त अरब इमिरेटस्ले विश्वकपका लागि स्थान सुरक्षित गरेका थिए । क्वालिफायर ए प्रतियोगिता ओमानमा खेलिएको थियो । जहाँ नेपालले पनि सहभागिता जनाएको थियो । टी–२० विश्वकप अक्टोबर १६ देखि सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १३ मा मेलबर्नमा हुनेछ । प्रतियोगितामा कूल ४५ खेल अस्टे«लियाका विभिन्न सहर एडिलेड, ब्रिस्बेन, जिलोंग, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा हुनेछन् ।

सुपर १२ मा सीधै खेल्ने टोलीहरुमा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, अस्ट्रेलिया , बंगलादेश, इंग्ल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् । यस्तै, सुपर १२ मा स्थान बनाउन नामिबिया, स्कटल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज, यूएई, आयरल्यान्ड, नेदरल्यान्डस् र जिम्बाब्वेले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्