रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने



रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने भएका छन् ।

रूसी राष्ट्रपति कार्यालय क्रेमलिनलाई उद्धृत गर्दै पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जाने समाचार संस्था एपीले जनाएको छ ।

तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन् । पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ ।

गत फेब्रुअरी २४ मा पुटिनको निर्देशनमा रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि पुटिन विश्व समुदायबाट एक्लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्