ओली कम्युनिस्ट कि राजावादी ?



दुई वर्षअगाडि जसको घरमा पनि खुशी थियो । आम नागरिकको मुख पनि उज्यालो देखिन्थ्यो । तर, अहिले सबैतिर शोक छाएको छ । हाँसो गुमेको छ । मुस्कान बिलाएको छ । आफ्नै घर हुनेहरु आज कोठा बहालमा लिएर बसेका छन् ।

निजी गाडी चढ्नेहरु सार्वजनिक यातायातमा दौडधूप गरिरहेका छन् । महँगा स्कुलबाट आफ्ना छोराछोरी निकालेर सरकारीमा हालेका छन् । आखिरी कारण के होला ? आफ्ना जायजेथा बैंकले लिलाम गरेका अवस्था नाजुक बनेको स्पष्ट बुझिन्छ । उनीहरुले मुख नखोले पनि देख्नेले बुझिहाल्छन् । २०७२ सालमा नेपालको संविधान बन्दा देशले विकासको फड्को मार्छ भनेर धेरै आशावादी थिए ।

राजनीतिक किचलोको अन्त्य हुन्छ र मिलिजुली सरकारमा जाने क्रम पनि रोकिन्छ भन्ने अपेक्षा नेपाली जनताले गरेका थिए । मुलुकमा रोजगारीको मूल फुट्छ भन्नेमा पनि जनता विश्वस्त देखिन्थे । तर, यी सबै जनताको कल्पनामै सीमित भयो । देशमा रोजगारीको अवसर नहुँदा विदेश जाने जनताको लहर चल्यो । बाउआमाले घरजग्गा धितो राखेर छोराछोरी विदेश पठाउने क्रम ह्वात्तै बढ्यो । छोराछोरी पठाए तर सोचेअनुसार प्रतिफल नपाएपछि अन्ततः आफ्नो जायजेथो नै डुब्यो । यसै बीच व्यापार व्यवसायमा लगानी गर्ने क्रम पनि बढ्यो ।

नाफा हुने देखेपछि उनीहरुले आफूसँग भएको रकम लगानी गरेर सिध्याए । ऋण लिएर लगानी गर्नेहरु पनि उत्तिकै छन् । तर, अहिले सटरभाडा तिर्न सकेका छैनन् ।सुपर मार्केट र सपिङ मलमा ग्राहक जान ठप्पझैँ भइसकेको छ । सटरभाडा थपिँदै गएको छ भने आफ्नो लगानी डुब्ने चिन्तामा व्यापारी छन् । पछिल्लो समय बजारमा पैसाको हाहाकार भएको छ । खाद्य सामग्रीसमेत उधारोमा कारोबार भइरहेको छ ।

होटलमा गएर रमाइलो गर्ने काम रोकिएको छ । फजुल खर्च गर्न जनताले छोडिसकेका छन् । घरभाडा थुपिँदै गएको छ । मुलुकमा सरकारी जागिर खाने थोरै छन् । निजी कार्यालयमा जागिर खाने जनसंख्याको आधा हिस्सा होला । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै महँगी बढेको छ । तर, तलब भने यथावत् नै छ । जसको कारण कम तलब हुनेलाई खानलाउन पनि धौधौ पर्न थालेको छ ।
पछिल्लो समय नेपालीहरु एकदमै विलासिताको भोगी हुन थालेका छन् ।

काम नै नगरी बढी कमाउने सपना देख्न थालेका छन् । दिनमा दुई गुणा र रातमा चार गुणा सम्पत्ति जोड्ने मोह बढ्यो । जसले गर्दा घरजग्गा र शेयरमा लगानी गर्नेहरु ह्वात्तै बढे । अहिले शेयर र घरजग्गाको मूल्य गुन्द्रुकको भाउमा झ¥यो । तर, ऋण लिएको ठाउँमा त चुक्ता गर्नुप¥यो । सापटी लिएको भए फिर्ता दिनै प¥यो । डुब्यो भनेर मान्दैनन् । यता, बैंकको कर्जा तिरेन भने ‘घर न घाट’ को बनाइहाल्छन् । बजारमा शेयर र घरजग्गा बेच्नेहरु यत्तिकै छन् । तर, किनिदिने कोही छैनन् । देश यत्रो आर्थिक संकटमा परेको बेलामा अर्थ मन्त्रालय नै रित्तो छ । अर्थमन्त्रीले राजीनामा दिए र अर्थ सचिव त अनिश्चित कालका लागि बिदामा बसेका छन् ।

केही दिनअघि निजी बैंकको भेलामा सीईओहरुले बैंकहरु डुब्ने भयो भनेर निचोड निकाले । नेपालको हालत पनि श्रीलंकाजस्तै हुने भयो भनेर उनीहरुले भने । उनीहरुको यो भनाइसँग जनता थप त्रसित भए । बैंकमा भएको रकम के गर्ने ? भनेर जनतामा चिन्ता थपिएको छ । चिन्ताले जनतालाई रोगी बनाउने भो । जनतामाथि यत्रो त्रासको पहाड खस्दा पनि राजनीतिक दलका नेतालाई केही फरक परेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै धुनमा मग्नमस्त छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अरुलाई गाली गरेर भ्याइ–नभ्याइ छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अत्तोपत्तो छैन । यतिखेर अन्य मुलुकले नेपाललाई अनुदान दिन पनि कम गरिसकेको छ । त्यसै गरी, विदेशी ऋण पनि पाउन मुस्किल परिसकेको छ ।

नेपालको स्थिति नाजुक बन्दै जाँदा ओली जतिखेर पनि बुरुकबुरुक उफ्रिरहेको मात्र भेटिन्छन् । आरोप प्रत्यारोप गर्नबाहेक उनले जानेको शायदै केही होला । पाँच दलीय गठबन्धनले राज्यको ढुकुटी सोत्तर पा¥यो भनेर उनी चिच्याउँदै आएका छन् । सरकारले देश नराम्रोसँग सञ्चालन गर्न नसक्दा जनता शोकमा छन् । व्यापार घाटा बढ्दो छ, विदेशी ऋण ठप्पजस्तै बनेको छ । मुलुक नै धराशायीमा परेपछि जनता निराश भएका छन् ।

अब मुलुकलाई नेताले पहिल्यैकै गतिमा ल्याउन सक्छन् ? स्थिर भएको अर्थतन्त्रलाई फेरि चलायमान बनाउन सकिन्छ ? जिम्मेवारी त आखिरी नेताकै हातमा छ । अरुलाई हिलो छ्यापेर आफू कतिन्जेल सफा बन्न खोज्ने ? आफू कसरी प्रधानमन्त्री बन्ने र राजतन्त्र कसरी फिर्ता ल्याउने भनेर ओली कम्मर कसेर लागिपरेका छन् ।

२०६३ वैशाख ११ गते राजाले पढेको वक्तव्य मैले नै लेखेको हो भनेर ओलीले हिजो खुलेआम भने । आफू राजावादी हुँ भनेर उनले प्रस्टीकरण दिइसकेका छन् । घुमाउरो भाषा बुझ्न जनतालाई धेरै बेर लागेन । नेकपा एमाले कम्युनिस्ट होइन, राजदलीय पार्टी रहेछ । अब देशमा राजतन्त्र फेरि ल्याउनुपर्छ भनेर उनले जोडबल दिइरहेका छन् । उनको कारणले रगत बगाउनुपर्ने दिन फेरि पनि नआऊला भन्न सकिँदैन । यस्ता चोर नेताले गर्दा नेपाल झन् नराम्ररी चपेटामा पर्ने देखिएको छ ।

नेपाली–नेपालीबीच नै युद्ध रच्ने रणनीति ओलीले रचेका छन् । एकातिर राजावादी उत्रिन्छन्, अर्कोतिर राजतन्त्र चाहिँदैन भनेर सडकमा ओइरिन्छन् । रगतको खोलो बग्छ । ओली एक नम्बरका गद्दार व्यक्ति रहेछन् भनेर जनताले बुझिसकेका छन् । आजसम्म जनताको आँखामा धूलो झोके । यस्ता दलाल व्यक्तिलाई नेता भन्नु नै लाजमर्दो कुरा हो ।

अब देशको व्यवस्था कतातिर मोडिन्छ, हेर्ने बाँकी छ । तर, यसले क्षति भने एकदमै हुन्छ । विदेशी लगानी रोकिन्छ । व्यापार व्यवसाय चुर्लुम्मै डुब्छ । नेपाल गरिबीको दलदलमा फस्दै जान्छ । विदेशीले गरेको लगानी पनि चाँडो उठाउन खोज्छन् । अर्थतन्त्र सुध्रिएला भनेर अब कल्पनै नगरे हुन्छ । शेयर र घरजग्गाको मूल्य बढ्छ भनेर सोच्नु भ्रम मात्र हो । खानलाउन पनि धौधौ पर्ने दिन आउँदै छ । देशमा फेरि पनि युद्ध भयो भने ओली जिम्मेवार हुनुपर्छ ।

सडकमा रगतको खोला बग्यो भने ओलीलाई देश निकाला गर्नुपर्छ । मुखमा लगाम लगाएर बोल्नुपर्दैन ? जनता उचाल्ने र थचार्ने गरी बोल्न मिल्छ ? गर्ने सबै आफू अनि दोषचाहिँ अरुलाई ? लाज भनेको के हो ? ओलीलाई थाहा नै रहेनछ । पाए भने ओलीले देश नै बेच्छन् ।

अहिले श्रीलंकामा एक प्याकेट पाउरोटीको सात सय रुपियाँ तिर्नुपरेको छ । नेपालको स्थिति पनि यस्तै बन्न बेर लाग्दैन । तीन महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति छ भनेर नेपाल राष्ट्र बैंकले भनेको छ । वित्तीय संस्था रित्ता बनेका छन् । जनताले घरघरमै पैसा लुकाएका छन् । लुकाएको पैसा बजारमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कुनै निर्णय गर्न सकेको छैन । सरकारलाई असफल बनाएर ओलीलाई सफल बनाउने खेल रचिएको छ । जे पायो त्यही बोल्ने ओलीलाई कारबाही गर्नुपर्छ । जनतामा त्रास देखाउने कुरा बोल्नेलाई कडा कानुनको दायरामा ल्याउनुप¥यो । जनता र राष्ट्रभन्दा यनी ठूलो होइनन् ।निरा शर्मा ।

प्रतिक्रिया दिनुहोस्