राप्रपा महिला संघको बैठकमा हात हालाहाल



काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा हात हालहाल भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको महिला संघको बैठकमा हात हालहाल भएको हो ।

आज (आइतबार) बसेको उक्त संघको बैठकमा हात हालाहाल भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि अञ्जना रावल शाह अध्यक्षमा नियुक्त गरेका थिए ।

शाह अध्यक्षमा नियुक्ति भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेपछि उनीहरुबीच हात हालाहाल भएको थियो । असन्तुष्ट तामाङल समूहले पार्टी बाहिरको मान्छेलाई अध्यक्ष पदमा नियुक्त गरेको भन्दै विरोध जनाएका थिए ।

बैठकमा दुवै पक्षबीच विवाद भएपछि हानाहानसमेत भएको थियो । राष्ट्रिय प्रजातान्त्रिक महिला संघ राष्ट्रिय प्रजातान्त्र पार्टीनिकट महिला संगठन हो ।

प्रतिक्रिया दिनुहोस्