स्रोत नखुलेको लाखौ नगदसहित २ जना पक्राउ



वीरगञ्ज । स्रोत नखुलेको लाखौ रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (आइतबार) वीरगञ्ज महानगरपालिका-१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रुपियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान घर भएका २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अन्सारी रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्दा स्रोत नखुलेको नगद फेला पारेपछि आलम र अन्सारीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्