कांग्रेस पदाधिकारी बैठक सानेपामा जारी, शेखर समूह छुट्टै छलफलमा



काठमाडौ्र । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक बसिरहेको कांग्रेसले जनाएको छ ।

भोलि (सोमबार) बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाको बारेमा छलफल भइरहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

पौडेलका अनुसार, ‘कार्यव्यस्तताले पार्टी सभापति शेरबहादर बैठकमा सहभागी छैनन् । उनी सहभागी नभएपछि उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक भइरहेको छ ।

बैठकमा संस्थापन पक्षमा नेताहरु मात्र सहभागी छन भने शेखर कोइराला समूह उनको निजी सचिवालयमा आन्तरिक छलफलमा छ ।

कोइराला पक्षीय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सानेपा बैठकमा सहभागी नरहेको पदाधिकारी बैठकमा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्