जापानी पूर्वप्रधानमन्त्री आबेको अवस्था गम्भीर



काठमाडौं ।

जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था निकै गम्भीर भएको बताइएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो ।

जापानको समाचारसंस्था एनएचकेका अनुसार गोली लागेका पूर्वप्रधानमन्त्री सिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको बताएका छन् । सिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर लगिएको जनाएको छ ।

समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबेको मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्