प्रधान सेनापति शर्मा भ्रमणमा, अमेरिकाका उच्च पदाधिकारीहरुसँग भेटवार्ता



काठमाडौं । प्रधान सेनापति प्रशुराम शर्माले उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गरेका छन् । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका शर्माले त्यहाँका उच्च पदाधिकारीहरुसँग भेटघाट गरेका हुन् ।

हिजो (बिहीबार) प्रधानसेनापति शर्माले अमेरिकाका चीफ अफ स्टाफ एडमिरल क्रिस्टोफर डब्ल्यू ग्रेडी, दक्षिण र दक्षिणपूर्व एशियाका लागि रक्षा सहायक लिन्डसे डब्ल्यू फोर्ड र अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चाल्र्ससँग भेटघाट तथा छलफल गरेका छन् ।

उक्त भेटघाटको क्रममा नेपाल र मित्रराष्ट्र अमेरिका बीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरुमा छलफल तथा विचार विमर्श गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्