सरकार नै आयल निगम व्यापारीको हातमा दिने तयारीमा रहेको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप



काठमाडौं । सरकारले नै आयल निगम व्यवापारीको हातमा दिने तयारी गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् । अर्बौको आर्थिक चलखेल गरेर सरकारले निगमलाई व्यापारीको हातमा दिने तयारी गरिरहेको पौडेलले आरोप लगाएका हुन् ।

६४ औं संसद दिवसको अवसर वरिष्ठ नेता पौडेलले सरकारमाथि यस्तो गम्भीर आरोप लगाएका छन् । उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौं कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरू लागेको भन्दै आपत्ति समेत जनाए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै भने, आयल निगम व्यापारीलाई दिन लागेको हो ? ‘आज पनि फेरि म सुन्दैछु, आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भईराखेका छन् रे ।

तपाईंलाई म सुनाउन चाहन्छु, -त्यो चलखेलहरु जो हुन्छन नि । यो चलखेलको पछाडि करोड होईन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भईहाल्यो’, उनले भने ।

‘हामीले यो कुरा बुझेनौं–काँग्रेसभन्दा बढी एमाले समाजवादी । एमाले भन्दा माओवादी बढी समाजवादी । चर्काचर्का समाजवादी यहाँ छौं । तर यी चर्का समाजवादीहरुले के–के गरे ?’, उनले ्भने ।

प्रतिक्रिया दिनुहोस्