नवनिर्वाचित उपमेयर सुनिता डंगोलको विजय जुलुस (फोटो फिचर)

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकामा एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोलको विजय जुलुस निकालिएको छ। निर्वाचन आयोगले शुक्रबार विजयीको आधिकारिक घोषणा गरेसँगै विजय जुलुस निकालिएको हो। विजयी घोषणा भएपछि डंगोल राष्ट्रिय सभा पुगेकी थिइन्। उनलाई एमालेका समर्थकहरूले अबिर, खादा, माला लगाइदिएका थिए। विजय जुलुसले काठमाडौं परिक्रममा गर्नेछ।

उनले गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई हराउँदै उपमेयर जितेकी हुन्। डंगोलले ६८ हजार ६१२ मत पाएकी छन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्।

तस्बिर : उजोल डंगोल

Skip This