माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । उसले नवनिर्वाचित जनप्रतिनिधि सबैलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिने भएको हो ।

आज (बुधबार) बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले आगामी जेठ १८ र १९ गते नवनिर्वाचित जनप्रतिनिधिलाई पार्टीको तर्फबाट काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विशेषज्ञले उनीहरुलाई प्रशिक्षण दिने पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा ७५३ पालिकामध्ये १२१ पालिकामा विजयी हासिल गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।