पोखरा महानगरको मतगणना स्थगित, पुनः मतगणना गर्न एमालेकाे माग



पोखरा । पोखरा महागरपालिकाको मतगणना स्थगित गरिएको छ । पोखरा महानगर-१८ मा नौ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेपछि मतगणना स्थगित गरिएकाे हाे ।

एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाएका छन् ।

‘गणनामा गम्भीर त्रुटि छ । हराएको नौ मत हाम्रो हो,’ न्यौपानेले भने, ‘यो गणनामा गम्भीर आशंका छ ।’

उनले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताए । एमालेका उम्मेदवार थापाले १ हजार ६४० कांग्रेसका तिमिल्सिनाले १ हजार ४४६ मत पाएका थिए ।

मत ४ हजार २४७ खसेकोमा ४ हजार २३८ मात्र भेटिएको थियो । तर, पोखराका अन्य वडामा पनि केही मत तलमाथि भएको छ ।

यद्यपि हाल मतगणना रोकिएको छ । सर्वदलीय बैठक बसेर समस्याको हल खोज्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्