ताप्लेजुङ घटनाको छानबिन हुन्छ : गृहमन्त्री खाँण



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं २ का बिमल कार्कीको २०७९ बैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताउनु भएको छ ।

एमाले नेता एवं ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग मंगलबार गृह मन्त्रालयमा कुराकानी गर्दै गृहमन्त्री खाँणले छानबिनमा कोही दोषी देखिएका कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘नागरिकको जीवनरक्षा गर्ने सरकारको दायित्व हो । ताप्लेजुङमा बैशाख २८ गते राति भएको घटनाको निष्पक्ष छानबिन हुन्छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘छानबिनका क्रममा कोही दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।

प्रतिनिधि मण्डलका तर्फबाट प्रतिनिधि सभा सदस्य एमाले नेता भट्टराईले कार्की मृत्युको घटनाको विषेशरूपमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री खाँणलाई लिखित पत्र पनि बुझाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्