चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते



काठमाडौं ।

उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर आइतबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।बागलुङको ढोटपाटन नगरपालिका–७ गाल्ढुङ बस्ने १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँमा चट्याङ पर्दा बालचन्द्र विक लगायत ४ जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य घाइतेलाई थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्