कोञ्ज्योसोम गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने लामाकाे घोषणा



ललितपुर ।

दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा कृष्णमान लामाले गाउँपालिका भित्रका ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

हिजो गाउँपालिका कार्यालयमा पदभारग्रहण गर्दै उहाँले पहिलो निर्णयको रुपमा उक्त घोषणा गर्नुभएको हो । ‘प्रत्येक वडाको सिफारिसमा गाउँपालिकाबासी वृद्धवृद्धा,अशक्त र सुत्केरी बिरामीलाई काठमाडौँ उपत्यकाभित्रका अस्पतालमा पु-याउन र ल्याउन गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले अध्यक्ष लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरे तथा सबै वडाध्यक्ष र सदस्यहरुलाई स्वागत गनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष घिमिरे सहित वडाध्यक्ष र सदस्यहरुलाई अध्यक्ष कृष्णमान लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । अध्यक्ष लामाले गत जेठ ६ गते शुक्रबार नै जिल्ला न्यायाधीश बाट शपथ ग्रहण गरिसकेका छन । सो गाउपालिकामा अध्यक्ष एमाले र उपाध्यक्ष नेपाली काग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्