कृषि उत्पादनमा युवा स्वयमसेवक विकास तथा परिचालन



काठमाडाैं ।

राष्ट्रिय युवा परिषद् र रामेछाप जिल्लामा सञ्चालित रामेछाप बहुप्राविधिक शिक्षालयको सहकार्यमा शिक्षालयमा अध्ययनरत पचास जना युवा परिचालन गरी कृषि उत्पादनमा युवा स्वयमसेवक विकास तथा परिचालन कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रमको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले कोकोपिटयुक्त ट्रे मा रामतोरियाको बिउ रोपी उदघाटन गरेका थिए । कार्यक्रममा नगर प्रमुख का साथै मन्थली नगरपालिका वडाध्यक्ष होम प्रसाद पौडेललगायत रामेछाप प्राविधिक शिक्षालयका सञ्चालक समितिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

मन्थली नगरपालिकाका नगरप्रमुखले युवा विकास गर्नु आफ्नो दायित्व भएको स्मरण गराउँदै शिक्षा ,स्वास्थ्य र उद्यमशिलताका क्षेत्रहरु आफ्नो कार्य योजना तथा कार्यान्यन्वयको प्राथमिकतामा रहेको बताए । वडा प्रमुखले आफू नगरप्रमुखलाई साथ र सहयोग गर्दै राजनीति भन्दा माथि उठेर सहकार्यमा कार्य सम्पादन गर्न आँतुर भएकाे बताए  ।

रामेछाप बहुप्राविधिक शिक्षालयका प्राविधिक विषय विज्ञहरुले अभिमुखिकरण गराई ९ देखि १४ गते सम्म कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन समुदायका घरघरमा स्वयमसेवक युवा परिचालन गर्ने कार्यक्रम अगाडि बढाइएको छ ।

परिषद्ले युवा उद्यमशिलता मार्फत राष्ट्र निर्माणका लागि उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम, युवाको सार्थक सहभागिताको लागि युवा नेतृत्वका कार्यक्रम, सकरात्मक सोंच विकास गराई सक्रिय बनाउन युवा परामर्श कार्यक्रम, अध्ययन अनुसन्धानका लागि सहयोग, युवा नवपर्वतनका क्षेत्रमा काम गर्दै आएको छ ।

युवा परिषद्ले सञ्चालन गर्दै आएको विभिन्न कार्यक्रम गतिविधिहरु मध्य युवामा स्वयमसेवकीय भावना तथा संस्कृतिको विकास गराउने र यो समुहका व्यक्तीहरुलाई सामाजिक कार्यमा संलग्न गराउने उदेश्यले युवा स्वयमसेवक विकास तथा परिचालन कार्यक्रम सञ्चालन गर्ने उदेश्य राखेको छ ।

रामेछाप बहुप्राविधिक शिक्षालयको सहकार्यमा सञ्चालित यस कार्यक्रमको पहिलो दिन आज मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठको सम्बोधनसहित प्राविधिक शिक्षालयमा ‍‍कृषि पशु तथा बालि बिज्ञान अध्ययनन गरिरहेका पचास जना विद्यार्थीहरुको समुहलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्