प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस



काठमाडौं ।

नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी मा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूचीअनुसार १ नम्बरमा सुवेदी, दोस्रोमा अरुणकुमार विसी र तेस्रोमा दिवेश लोहोनी छन् । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्