पाल्पाको रम्भा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



पाल्पा । 

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विष्णुप्रसाद भण्डारी विजयी भएकाे छन‍्  । भण्डारीले पाँच हजार ५८३ मतसहित विजयी  भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादी का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै राधादेवी श्रेष्ठ निर्वाचित भइन्। उनले पाँच हजार ७१९ मत ल्याएर विजयी  भएकी हुन्।  उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत पाए। पाँच वडा रहेको रम्भा गाउँपालिकामा एमालेले तीन र कांग्रेसले दुई वडा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्