धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी



धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पछि पार्दै साम्पाङ विजयी भएका हुन् ।

उपमेयरमा भने नेकपा (माओवादी केन्द्र)का अइन्द्रबिक्रम बेघा विजयी भएका छन् ।

२० हजार ५१० मत प्राप्त गरि बेघा उपमेयरमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाए ।

प्रतिक्रिया दिनुहोस्