मतपत्र च्यातिएको भरतपुर-१९ मा एमालेका वडाध्यक्ष विजयी, मेयरमा रेणुको अग्रता कायमै



चितवन । भरतपुर महानगरपालिका–१९ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै एमालेका प्रकाश तामाङ वडाध्यक्षमा विजयी भएका हुन् ।

५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणना गर्ने क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो ।

अहिलेसम्म ९४२३२ मत गणना भएको छ । उनले अहिलेसम्म ३७०२७ मत प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले भने २८९६८ मत प्राप्त गरेका छन् । दाहाल र सुवेदीबीच ८०५९ को मतान्तर छ ।

प्रतिक्रिया दिनुहोस्