पर्वतका सबै पालिकामा एमालेका बहुमत प्रतिनिधी निर्वाचित



पर्वत ।

जिल्लाका सवै पालिकाहरुको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरु चुनिने निर्वाचन सम्पन्न हुँदा सवै पालिकाहरुमा एमालेको बहुमत सहितका सदस्यहरु निर्वाचित भएका छन् ।
जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाहरु सवैमा बहुमत सहितका जनप्रतिनिधिहरु निर्वाचित भएका हुन ।
प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरुको निर्वाचन सम्पन्न भएको १५ दिन भित्र नगर तथा गाउँ सभाले अर्को निर्वाचन गर्नुपर्नेछ । संविधानत नगर सभाले कुल निर्वाचित नगरसभा सदस्यहरुबाट ५ जना महिला सदस्यहरुलाई कार्यपालिकामा मनोनित गर्नेछ ।

यसैगरी गाउँ सभाले कुल निर्वाचित गाउँ सभा सदस्यहरुबाट ४ जना गाउँ कार्यपालिकामा महिला सदस्य निर्वाचित गर्नुपर्नेछ । यो प्रक्रियाका लागि एमालेको स्पष्ट बहुमत भएका कारण नगरपालिकाहरुमा ५ जना महिला तथा गाउँपालिकाहरुमा ४ जना महिलालाई कार्यपालिका सदस्यमा एमालेले चयन गर्नेछ ।

यसको लागि गाउँ तथा नगरसभा वैठकमा पक्ष विपक्षमा मतदान पनि हुनसक्छ । ७ पालिकामा एमालेका धेरै जनप्रतिनिधिहरु चयन भएका कारण एमालेले यसको फाइदा लिन पाउनेछ ।

यसैगरी कुल निर्वाचित जनप्रतिनिधिहरुमा थप संख्या निर्वाचित गर्न पाउने एमालेले अवसर पाएको छ । नगरपालिकामा नगर सभा सदस्यहरुबाट ३ जना दलित तथा अल्पंख्यक सदस्य निर्वाचित हुनेछन् भने गाउँ सभाले २ जना दलित तथा अल्पसंख्यक सदस्य निर्वाचित गर्नेछन् । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा कुल निर्वाचित नगर सभा सदस्यहरुले पुनः आफ्नो मताधिकार प्रयोग गरी ३ जना दलित वा अल्पसंख्यक सदस्यलाई कार्यपालिका सदस्यमा निर्वाचित गर्नेछन् । यसो गर्दा एमालेको नगरपालिकाहरुमा थप ३ जना सदस्यहरु थपिनेछन् २ नगरपालिकामा कुल ६ जना सदस्यहरु एमालेबाट निर्वाचित हुनेछन् । यसरी निर्वाचित सदस्यहरु सिधै कार्यपालिका सदस्य हुनेछन् । यो प्रक्रिया निर्वाचनको अन्तिम परिणाम घोषणा भएको १५ दिन भित्र गर्नुपर्नेछ ।

उता, गाउँपालिकाले पनि गाउँ सभाका सदस्यहरुले मतदान गरी २ जना दलित तथा अल्पसंख्यक सदस्यहरु निर्वाचित गर्नेछन् । यसरी निर्वाचित सदस्यहरु गाउँ कार्यपालिका सदस्य हुनेछन् । यसो गर्दा जिल्लाका ५ गाउँपालिकाबाट १० जना थप जनप्रतिनिधिहरु एमालेका थप हुनेछन् । नगरपालिकाहरुमा ६ र गाउँपालिकाहरुमा १० गरी कुल १६ जनाले जनप्रतिनिधिको थप अवसर पाउनेछन् । यसको लागि नगर तथा गाउँ सभाका बहुमत सदस्यले मतदान गर्नुपर्नेछ । मतदान गोप्प हुने भएको हुँदा सवै आफ्ना जनप्रतिनिधिलाई पार्टीको निर्णय अनुसार मतदान गराउन एमाले ह्पि प्रयोग गर्नेछ । यदी जनप्रतिधिहरुले नै क्रस मत दिएको खण्डमा अर्को दलबाट उमेदवार बनेकाहरु पनि निर्वाचित हुन भने सक्नेछन् । यसो गर्दा एमालेले प्राप्त गर्नुसक्ने जनप्रतिनिधि गुमाउन पनि सक्नेछ । यो प्रक्रिया निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिन भित्र गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्