गौशालाको मेयर र उपमेयरमा जसपाका उम्मेदवार विजयी



महोत्तरी ।

महोत्तरीको गौशालामा  मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।

मेयरमा जसपाका दिपेन्द्र महतो ८७९९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका बिष्णु योन्जनले ५६२७ मत पाए भने कांग्रेसका वसन्त गुरुङले ५१३२ मत ल्याए ।

मेयरमा निर्वाचित महतो स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक हुन् । यस्तै उपमेयरमा पनि जसपाकी रेनु कुमारी ८४५५ मतका साथ विजयी भएकी छन् । उनका निकटत् प्रतिस्पर्धी माओवादीका जनक दुलारी साहले ५४९० मत पाइन भने कांग्रेसकी सुशीला देवीले ५०४७ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्