६८२ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक : कुन पार्टीका कति उम्मेदवार विजयी भए ? (विवरणसहित)



काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आउनेक्रम जारी नै छ । हालसम्म सार्वजनिक गरिएको मतपरिणामअनुसा २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८२ स्थानीय तहको नतिजा अद्यावधिक भएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली कांग्रेसले ११९ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष गरी कुल ३०३ स्थानीय तहको नेतृत्व पाएको छ ।

नेकपा (एमाले)ले ६५ नगर र १२० गाउँपालिका गरी १८५ मा विजय हासिल गरेको छ ।

कांग्रेस एमाले भन्दा ११८ बढी पालिकामा विजयी भएको छ ।

माओवादी केन्द्रले २१ नगर र ९६ गाउँपालिका गरी कुल ११७ वटा पालिका जितेको छ ।

प्रतिक्रिया दिनुहोस्