हेटौंडा गणना अपडेट : गठबन्धनका लामा र बानियाँ विजय हुने पक्का


हेटौँडा  । 

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित देखिएको छ । मेयर पदमा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयीनजिक पुगेकी छिन् ।

त्यसैगरी, उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजउन्मुख छन् । हेटौंडा ११ नम्बर वडाको केही मत गन्न बाँकी रहेको छ । गणना बाँकीमत भन्दा बढी मतान्तर भएकाले लामा र बानियाँ विजयउन्मुख देखिएका हुन् ।

नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल र उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेले दुवै जनालाई मत गणना स्थलमै गएर बधाई दिएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।