एमालेका उपाध्यक्ष पौडेलको गृह वडामा कांग्रेस विजयी



बुटवल ।

एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृह क्षेत्रको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् । सो वडामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार यज्ञ प्रसाद पंगेनी १५३९ मत ल्याएर विजयी हुनु भएको छ् ।
एमालेका ज्ञान प्रसाद अर्यालले भने १५०८ मत पाएका छन्। यो वडामा यसअघि एमालेले नै जित्दै आएको थियो। कांग्रेसले भने ३० वर्षअघिको स्थानीय चुनावमा यो वडा जितेको थियो। एमालेको लाल किल्लको रुपमा रहेको बुटवलका १९ वटा वडा मध्ये १७ वडाको मत परिणाम सार्वजनिक हुँदा एमाले केवल ४ वटामा मात्र जित निकालेको छ ।एमालेल बुटवलमा आफनो साख गुमाउनुमा प्रदेशको राजधानी बुटवलवाट दाङ सार्नु , यस अघिका मेयर शिवराज सुवेदीले राम्रो काम गर्न नसक्नु लगायत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्