नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी


नेपालगन्ज ।

नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ । उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको हो । प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका हुन् ।

उनी २३ हजार ४६० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत पाए । विष्ट गठबन्धनबाट उम्मेदवार बनेका थिए ।उपमेयरमा जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।