एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग : भट्टराई



काठमाडौं  । 

एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । संसद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको दाबी गर्नुभयो ।

पार्टी हारको कारणमा उम्मेदवार छनौटमा कमजोरी हुनु रहेको बताउँदै उहाँले कतिपय ठाउँहरूमा पार्टीलाई जिताउन नलागी विरोधीहरूलाई जिताउन साँठगाँठ गरिएको पनि बताउनुभयो । काठमाडौं महानगरपालिकामा कांग्रेस, एमालेलगायतका ठुला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको पनि भट्टराईको टिप्पणी थियो ।

त्यसै गरी एमालेका रामवीर मानन्धरले काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरूलाई भोट नदिएको बताउनुभयो । स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजेको बताउदै लाखौँ जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेपछि त्यसलाई पार्टीभित्रको अन्तर्घातका कारण त्यसो भएको भन्न नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्