विहादी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित


पर्वत ।
पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन् ।

गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित गरेका हुन् । कुँवरले २ हजार ९३७ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी मीना तिवारी निर्वाचित भएकी छिन । तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याए ।

यहाँ ६ वडामध्ये ३ वटामा एमाले, २ मा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएको छ । वडा नं १, ३ र ५ मा एमाले, वडा नं २ र ४ मा काँग्रेस तथा वडा नं ६ मा माओवादी केन्द्र विजयी भयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।