पोखरा अपडेट : पोखरामा मतान्तर फराकिलो बनाउँदै गठबन्धनका आचार्य

धनराज आचार्यले १९ हजार ६१५ मत पाए



पोखरा ।

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ । हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाएका छन् । गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४
रहेको छ । पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्