निर्वतमान मेयरलाई हराउँदै बागलुङ नगरपालिकामा कांग्रेसका श्रेष्ठ विजयी



बागलुङ ।

बागलुङ नगरपालिकाको मयेरमा नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १४ हजार ६०८ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्दी नेकपा एमाले राप्रपाका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकार पौडेलले ८ हजार ८२१ मत प्राप्त गरे । श्रेष्ठले पौडेललाई ५ हजार ७८७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा पौडेलले श्रेष्ठलाई २ हजार २९५ मत अन्तरले पराजित गरेका थिए ।

नगरपालिकाको उपमेयरमा गठबन्धनकै उम्मेदवार नेकपा (माओवादी केन्द्र)का राजु खड्का निर्वाचित भएका छन् । खड्काले १२ हजार ४२७ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ८ हजार ०६५ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा बागलुङ नगरपालिकाका १४ मध्ये ११ वडामा जित निकालेको एमाले यसपटक ३ वटा वडामा सिमित भएको छ । यसपटक ७ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा नेकपा एकिकृत समावजादी, १ वडामा नेकपा(माओवादी केन्द्र) र एउटा वडामा स्वतन्त्र उम्मेदवारले जीत निकालेका छन् ।

नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका जयबहादुर खत्री ४ सय ७४ मत अध्यक्षमा विजयी भए । वडा नम्बर २ को अध्यक्षमा नेकपा एकिकृत समाजवादीका सुरज बोसेल ४ सय २८ मत प्राप्त गर्दै विजयी भए । तेसैगरी वडा नम्बर ३ मा नेपाली काँग्रेसका शनी केसी ९ सय ८३ मत, वडा नम्बर ४ मा नेकपा (माओवादी केन्द्र)का कुमार विक्रम क्षेत्री १ हजार ३३ मतका साथ अध्यक्षमा विजयी भएका छन् ।

वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका हरि प्रसाद शर्मा ७ सय ३८ मत, वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका रुद्र केसीले ७ सय ८७ मत, वडा नम्बर ७ मा नेकपा एमालेका मेघनाथ शर्मा १ हजार ५, वडा नम्बर ८ मा नेपाली कांग्रेसका छमबहादुर कार्की ९ सय ६३ मत, वडा नम्बर ९ को अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा १ हजार २३९, वडा नम्बर १० को अध्यक्षमा नेकपा एकिकृत समाजवादीका तिलबहादुर थापा मगर ८ सय ९६ मत, वडा नम्बर ११ मा ७ सय ९० मतका साथ नेपाली कांग्रेसका ज्ञानेन्द्र गौतम, वडा नम्बर १२ मा १ हजार ३३८ मतका साथ स्वतन्त्र उम्मेदवार कोपिला मणी शर्मा, वडा नम्बर १३ मा नेपाली काँग्रेसका नारायण शर्मा पौडेल १ हजार ७०८ मत र वडा नम्बर १४ मा नेपाली काँग्रेसका चक्रबहादुर खत्री १ हजार १६३ मतका साथ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्