काठमाडाैं अपडेट : बालेनले कटाए १५ हजार मत, स्थापित ८,२८८, सिर्जना ७,२९०



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार मत कटाएका छन् । अहिलेसम्म ३९ हजार ५२० मतगणना हुँदा बालेनले १५ हजार ४०२ मत पाएका छन् ।

उनको पछि रहेका एमालेका केशव स्थापितले ८,२८८ मत पाएका छन् । कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७,२९० मत पाएकी छन् ।

काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका तीन वटै वडामा एमालेले जित निकालेको छ । पछिल्लो पटक काठमाडौं- ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार वीरेन्द्र प्रजापती विजयी भएसँगै काठमाडौंका तीनै वडा एमालेले जितेको हो ।

१, ८१८ मत ल्याएर प्रजापती विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश डंगोलले १, ५७५ मत पाए । अहिले काठमाडौंका ३, ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्