मकवानपुरकाे राक्सिराङमा कांग्रेसका मल्ल विजयी


मकवानपुर ।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका छन् । जिल्लाकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका मल्ल विजयी भएका हुन् ।

मल्लले आफ्नो निकटतम प्रतिस्पर्धीलाई ९०९ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मल्ल नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । मल्लले ५ हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भएका छन् । उनले ४ हजार ८३९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १२९ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।