काठमाडौंमा पाँच हजार भन्दा बढी मतान्तरले बालेन अगाडि, पछ्याउँदै केशव स्थापित



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । उनका निटतम प्रतिस्पर्धी नेकपा (एमले)बाट मेयरका उम्मेदवार केशव स्थापित निकै पछाडि छन् ।
भर्खरैको अद्यावधिक मतपरिणामअनुसार बालेनले ११४३४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी स्थापितले ६२५८ मत प्राप्त गरेका छन् ।
बालेन र स्थापित बीचको मतान्तर ५१७६ छ ।

प्रतिक्रिया दिनुहोस्