काठमाडौँ महानगर अपडेट : प्रमुखमा बालेन्द्र र उपप्रमुखमा सुनिता डङ्गोलको अग्रता



काठमाडौँ।

काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाह र उपप्रमुख पदमा सुनिता डङ्गोलको अग्रता जारी रहेको छ । हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिएका शाहले नौ हजार ४९९ मत ल्याएर आफ्नो अग्रता कायम रझेका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेका डङ्गोलले नौ हजार ८१५ मत प्राप्त गरी अग्रस्थानमा रहेकी छिन ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले पाँच हजार १९६ र नेपाली कांग्रेसका सिर्जना सिंहले चार हजार ५४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँका प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गरेका छन् । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नम्बर १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । हाल कामपामा २५ हजार ९४ मतणाना भइसकेको छ । जसमा ८८२ मत बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्