काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, मतगणनास्थलमा समर्थकको हुटिङ



काठमाडौं ।

काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् ।
बालेले ७ हजार ८९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी स्थापितले ३ हजार ६४६ मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले भने ३ हजार ३०० मत पाएकी छन् ।

उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका छन् ।

संयौंको संख्यामा उपस्थित समर्थक तथा शुभचिन्तकहरूले बालेनको पक्षमा नारा लगाउनुका साथै हुटिङ गरिरहेका छन् । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरूले एमाले, कांग्रेस लगायतका दलमाथि कटाक्ष गरिरहेका छन् ।

‘देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले ?’, ‘नेपाली जनताले के भन्छ, बालेन शाहलाई लेँ भन्छ’, जस्ता नारा लगाइरहेका छन् ।

यतिमात्र नभएर पछिल्लो समय चर्चामा रहेका सागर, वसन्ते, किस्नेसँग जोडेर पनि नाराबाजी गरेको देखिन्छ । उनीहरूले ‘सागर वसन्ते किस्ने, बालेन शाहले हो जित्ने’ भन्दै नारा लगाएका हुन् ।

मत गणनाको सुरुवाती चरणदेखि नै बालेन शाह अग्र स्थानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्