स्याङ्जाको भीरकोटमा नेपाली कांग्रेसका कर्माचार्य निर्वाचित



वालिङ ।

स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित भएका छन् ।
उनले ६ हजार ५०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत प्राप्त गरे ।

उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल ७ हजार १९७ मतसहित निर्वाचित भइन् । उनकी निकटतम प्रतिस्पर्धी सरस्वती अधिकारीले ४ हजार ९२८ मत पाइन् ।

नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी ८ वटा वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवारहरु निर्वाचित भइन् भने वडा नं ६ मा नेकपा एमालेका अध्यक्षमात्रै निर्वाचित भएका छन् । गाउँपालिकामा निर्वाचित हुने ४७ सिटमध्ये ४६ जना नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्