बागलुङको गलकोट नगरपालिकामा कांग्रेसका गैरे विजयी



बागलुङ ।

बागलुङको गलकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा गैरे विजयी भएका छन् । संयुक्त पाँच दलिय गठबन्धनका साझा उम्मेदवार गैरेले ५ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । गैरे २०७४ सालको निर्वाचनमा पनि मयेरमा निर्वाचित भएका थिए ।

मेयरमा नेकपा एमालेका पूर्ण काउचाले ३ हजार ५ सय ११ मत प्राप्त गरेका छन् भने मुडा चिन्ह लिएर स्वतन्त्र उठेकी मञ्जु शर्माले ३ हजार २ सय ६२ मत प्राप्त गरेकी छिन् । नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रका फमलाल न्यूरे विजयी भएका छन् । न्यूरेले ६ हजार ३९ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा एमालेकी रुपा विकले ३ हजार ५७ प्राप्त गरेकी छिन् ।

तेसैगरी वडा नम्बर १ को वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना १ हजार १ सय ६ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर २ मा नेपाली कांग्रेसका हिमबहादुर भण्डारी ७ सय ६३ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका फमबहादुर खत्री १ हजार ४० मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका बलबहादुर खत्री ८ सय ८४ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका पवन हमाल ४ सय ७२ मत, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका रामप्रसाद कंडेल ५ सय ५ मत, वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका राजबहादुर थापा ४ सय ३२ मत, वडा नम्बर ८ मा नेपाली कांग्रेसका तेज प्रसाद सापकोटा ७ सय ६० मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका तेजबहादुर थापा ७ सय ९९, वडा नम्बर १० मा नेपाली कांग्रेसका भक्तबहादुर काउचा ९ सय ७२ र वडा नम्बर ११ मा नेकपा एमालेका डम्मबर बहादुर श्रीष ९ सय ७३ मत ल्याएर निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्