खोटाङको ऐँसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी



खोटाङ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका उम्मेद्वार माओवादीका श्री बहादुर राईलाई पछि पार्दै एमालेका गिरेन्द्र बहादुर राई विजयी हुनुभएको हो।

उपाध्यक्षमा भने एमालेकी पुस्पकला भुजेललाई हराउदै गठबन्धनबाट कांग्रेसका राजेश राजभण्डारी विजयी हुनुभएको छ। पालिका अध्यक्षमा निर्वाचित गिरेन्द्र बहादुर राईले २ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी श्री बहादुर राईले २ हजार ४ सय ८० मत प्राप्त गर्नुभएको छ।

यस्तै पालिका अध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेद्वार सन्तविर तामाङले १ हजार ६ मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा निर्वाचित राजभण्डारीले ३ हजार १ सय ४६ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी भुजेलले २ हजार ५ सय ९५ मत पाउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्