भोजपुरको पौवादुङमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



भोजपुर ।

भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका किरण राई दुई हजार ४९९ मतसहित विजयी भएका छन्  ।

माओवादी केन्द्रका नगेन्द्र भुजेल एक हजार ६८८ मतसहित दोस्रो स्थानमा र नेपाली कांग्रेसका मनोज कार्की एक हजार ३७१ मतसहितत तेस्रोमा स्थानमा रहेका छन्  ।

उपाध्यक्षमा एमालेकै ज्योत्सना राई दुई हजार ४०६ मत ल्याएर निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले एक हजार ७६९ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्