अपडेट : बालेन दोब्बर मतान्तरले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तर अगाडि छन् ।

पछिल्लो मतगणना अनुसार शाहले ३५३२ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले)का केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले १८५६ मत ल्याएर पछ्याइरहेका हुन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १६६८ मत पाएकी छन् ।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मत गणना भइरहेको छ । ६ वटै वडामा बालेनले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्