स्थानीय तह निर्वाचन : माओवादी केन्द्रकी पहिलो महिला अध्यक्ष बनिन् अरुणादेवी राई



काठमाडौं । शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई पहिलो महिला अध्यक्ष बनेकी छिन् ।

खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी राई विजयी भएकी हुन् ।

अरुणाले २८८१ मत प्राप्त गरिन् । अरुणा काँग्रेस र माओवादी तालमेलबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्