बाराको निजगढ१३ मा गठबन्धनका सूर्य घलान विजयी


बारा ।

बाराको निजगढ नगरपालिका-१३ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सूर्य घलान विजयी भएका छन् ।

उनी ७ सय ७९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमानसिंह थिङ्गले ५ सय ८६ मत प्राप्त गरेका छन् । थिङ्गलाई १ सय ९३ मतले पराजित गर्दै घलान दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

निजगढ मेयरमा कांग्रेसको अग्रता कायम छ । मेयरका उम्मेदवार सुरेश खनालले ७ सय ५१ मत प्राप्त गरेका छन् भने, एमालेका सुरथ पुरीले ५ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट रविराज दंगालले ५ सय ८९ मत पाउँदा एमालेका सोममाया थिङ्गले ५ सय ९९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।