रसुवाको आमाछोदिङ्मो गाउँपालिका २ मा कांग्रेस प्यानल नै विजयी


रसुवा ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले २ सय ५७ मत ल्याएर विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए भने माओवादी केन्द्रका राम तामाङले १ सय ६५ मत ल्याएका छन् ।

आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर २ को सदस्यमा दावा टासी तामाङ, सोनाम पेम्बा तामाङ, महिला सदस्यमा चेन्चेना तामाङ र दलित सदस्यमा दिलमाया विक विजयी भएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।