दशरथचन्द नगरपालिका१ मा एमाले उम्मेदवार विजयी


बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिका-१ मा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन् । भट्टले निवर्तमान वडाध्यक्षसमेत रहेका भुवनराज भट्टलाई २४ मतले पराजित गरेका छन् ।विष्णुले ८१४ मत प्राप्त गर्दा भुवनले ७९० मत ल्याएका छन् । वडा नम्बर १ मा दुवै जनाको तीव्र प्रतिस्पर्धा भएको थियो ।

पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन् । दशरथचन्दको नगर प्रमुखमा भने एमालेका पुष्करराज जोशी लख्खाभाइले आफ्नो अग्रता कायमै राखेका छन् ।

यसअघि दशरथचन्द नगरपालिका-११ मासमेत एमालेकै जयदत्त पन्त विजयी भएका थिए । अन्य वडाको मतगणना बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।